ओखलढुंगाको खिजीदेम्वा गाउँपालिका आफैँले ५५ किलोमिटर सडक कालोपत्रे गर्ने - Pahilo Online

ओखलढुंगाको खिजीदेम्वा गाउँपालिका आफैँले ५५ किलोमिटर सडक कालोपत्रे गर्ने

writer

ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका आफैँले ५५ किलोमिटर सडक कालोपत्रे गर्ने भएको छ । संघीय समपूरक बजेट अन्तर्गत लिखु–भुसिंगा सडक कालोपत्रे गर्ने लागेको हो । पाउँपालिकाको वडा नं. १ रगनी, जीलीदेखि खिजि चण्डेश्वरी, खिजि फलाटे क्षेत्रसम्म कालोपत्रे गर्नका लागि २३ मंसिरमा टेन्डर आह्वान भइसकेको छ।

सीमित बजेटको बाबजुद पनि संघीय समपूरक बजेटबाट योजना छनोट गरी कालोपत्रे गर्न लागिएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले बताए। दुर्गम गाउँमा कम्तीमा एउटा मूल सडक पक्की गराउने सरकारकी नीति कार्यान्वयन गरी अति दुर्गम स्थानीय तहलाइ सम्बोधन गरिदिए अति उत्तम हुने रोकाको भनाई छ।

खिजीदेम्बाले ५५ किलोमिटर लामो लिखु–भुसिंगा सडकलाई चरणबद्ध रुपमा खण्ड–खण्ड गर्दै बहुवर्षीय योजनाका रुपमा काम गर्ने योजनाका साथ कालोपत्रेको ठेक्का खुलाइएको गाउँपालिका अध्यक्ष रोकाले बताए। हाल उक्त सडकलाई बजेटको व्यवस्था गरिदिन अझै पनि विभिन्न कोणबाट संघीय सरकारसँग पहल गरिरहेको उनको भनाई छ। आउँदा दिनमा संघीय सरकारले पनि यस सडकलाई आवश्यक वजेट विनियोजन गर्ने आशा व्यक्त गरेको बताए।

खिजीदेम्बा गाउँपालिकाले यसअघि लिखु–भुसिंगा सडकको स्तरोन्नति गरेपछि सार्वजनिक यातायात सञ्चालन गरेको थियो। हाल सो सडकमा अरनिको र संयुक्त यातायातका बसहरू दैनिक सञ्चालनमा रहेका छन्। हाल काठमाडौँबाट खिजिफलाटे, रगनी र खिजीकाति गरी ३ ठाउँमा सुपर बस सञ्चालनमा भइरहेका हुन्।

थप सेवा विस्तारका लागि काठमाडौँदेखि रावादोलु–भुसिंगासम्म सार्वजनिक बस सञ्चालनको तयारी भइरहेको छ। जसका लागि खिजिचण्डेश्वरी–खिजिकाति सडक र खिजिफलाटे–रावादोलु–भुसिंगा सडक खण्डमा सुधारको काम गर्न गाउँपालिकाले टेन्डर आह्वान समेत गरिसकेको छ। (थाहखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes