असहाय तथा आर्थिक विपन्न कल्पना थापाको घर निर्माणको आज शिलान्यास - Pahilo Online

असहाय तथा आर्थिक विपन्न कल्पना थापाको घर निर्माणको आज शिलान्यास

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले वडा नम्वर ४ को किर्तिपुर संगत चोककी असहाय तथा आर्थिक विपन्न कल्पना थापाको घर निर्माण अभियानको आज शिलान्यास गर्दै समस्यामा परेकाहरुको सहयोगमा नगरपालिका कार्यालय पनि संगसंगै रहेको बताएकी छिन् ।

शिलान्यास कार्यक्रममा बोल्दै उनले स्थानीय युवाहरुको सक्रियतामा थालिएको ‘कल्पना थापा गृह निर्माण अभियान’मा देश विदेशबाट प्राप्त सहयोगप्रति खुसी व्यक्त गर्दै नगर र वडाले पनि यस प्रकारको अभियानमा सधैं सहयोग पुर्याउने जानकारी दिइन् । आफ्नो व्यक्तिगत तबरको अगुवाई र स्थानीय युवाहरुको सक्रियतामा वडा नम्वर ८ स्थित शुक्रबारेमा आर्थिक विपन्न तथा अपाङ्गता भएकी तुम्बादेवी राईको घर निर्माण सम्पन्न भएको समेत उनले जानकारी दिइन् । साथै उनले नगरपालिकामार्फत विपन्नहरुको आवास कार्यक्रम पनि अघि बढ्दै गरेको उल्लेख गरीन् ।

नगर प्रमुख वास्तोलाका साथै वडा नम्वर ४ का अध्यक्ष गोविन्दबहादुर भण्डारीले घरको शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले वडामा रहेका यसप्रकारका समस्या भएकाहरुको समस्या समाधानमा वडा सधैं तत्पर रहेको बताए । आर्थिक विपन्नताका कारण परालको छानो भएको घर चुहिएको अवस्था देखेपछि ज्यालामजदुरी गर्ने थापाको घर निर्माणका लागि शिक्षासेवी सन्तोष बस्नेतको संयोजकत्वमा समिति गठन गरी सहयोग जुटाउने क्रम अघि बढेको छ । जसमा, अमेरिकामा रहेका किर्तिपुरका युवाहरुले ३८ हजार २ सय २० सहित अन्य देशमा रोजगारीमा गएका स्थानीयबाट हालसम्म ८८ हजार २ सय ७५ रुपैयाँ संकलन भएको छ । नगरपालिका र वडा कार्यालयबाट ३ बण्डिल जस्तापाता पनि उपलब्ध भएको अभियानका सचिव लोककिरण न्यौपानेले जनाए । उनले सहयोग जुटाएर थापाको ऐलानी जग्गामा जस्तापाताको छानो भएको तत्काल २ कोठे घर निर्माण गरिने योजना रहेको जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes