टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगमा टेन नवोदय बिजयी - Pahilo Online

टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगमा टेन नवोदय बिजयी

writer

पथरी शनिश्चरे । प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा आजको खेलमा टेन नवोदय क्लव बिजयी भएको छ । खेलको १५ औँ मिनेटमा नवोदयका सेनेहाङ लिम्बूको गोलले अग्रता लिएको थियो । १–० ले अग्रता कायम गरेको नवोदयले खेलको ८२ औँ मिनेटमा थप गोल गर्दै २–० ले देविगञ्ज एफसीलाई स्तब्ध पार्दै ३ अंक जोड्यो । दोस्रो गोल नवोदयका १० नं. खेलाडी घनश्याम चौहानले गरेका थिए ।

खेलअवधिभर उत्कृष्ट प्रदर्शन गरेपनि टेन नवोदयको डिफेन्स लाइनलाई क्लियर गर्न नसक्दा देवीगञ्ज नतिजा सुम्पन बाध्य भयो । देवीगञ्ज एफसीमा पूर्व राष्ट्रिय खेलाडी र बि डिभिजन लिग खेलि सकेका खेलाडीहरु भएता पनि कुनै चमत्कार गर्न नसक्दा हार व्यहोरेको हो । प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच टेन नवोदयका खेलाडी सेनेहाङ लिम्बू घोषित भए ।

लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो । आइतबारको खेल वाइ.जी.एफ.टी र दि रियल ब्रदर्श बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes