चामलमा अखाद्य बस्तु र मरेको मुसा - Pahilo Online

चामलमा अखाद्य बस्तु र मरेको मुसा

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १ स्थित यलम्बर चोकमा रहेको एक पसलबाट विक्री भएको बासमती चामलमा मरेको मुसा र औषधि मिसिएको अवस्था फेला परेको छ । पथरी शनिश्चरे २ छयालिसविघेस्थित हस्तबहादुर जैराई दर्जीका छोरा श्यामको आजको विवाहका लागि अटल किराना पसलबाट लगिएको चामलका ४ वटा बोरामा त्यसप्रकारको अखाद्य बस्तु फेला परेको हो । जय हिन्द राइस ट्रेडर्स अलिपुर दिल्ली भारतबाट उत्पादित र प्याकिङ गरिएको फर टु फर बास्मति राइस नामक बास्मति चामलको २५ किलोग्रामका दरका ४ बोरा चामलमा त्यस्तो समस्या देखिएको थियो । ४ बोरामा प्रति पोका १,१ वटा औपाधि जस्तो देखिने झुम्रोमा रहेको बस्तु र त्यसमध्येको एउटा बोरामा मरेको मुसा फेला परेको थियो ।

प्याकिङ गरिएको २४ महिनासम्म प्रयोग हुन उचित हुने समेत लेखिएको बोरा सन् २०१८ मा प्याकिङ गरिएको देख्न सकिन्छ । यस अनुसार ३ वर्ष अघिको प्याकिङ भएको बुझिन्छ । यसका साथै बोराको माथिल्लो भागमा रहने दोहोरो धागोको प्याकिङ खोलेर त्यसको केही मुनी एकसरो धागोले सिलाएको बोरा देखिएपछि थप आशंका पैदा भएको छ । नगर प्रवक्ता एवम् वडा नम्बर २ का अध्यक्ष यामप्रसाद गुरागाईले र वडा सदस्य अग्नीप्रसाद गुरुङ सहितको टोलीले चामलमा अखाद्य अवस्था फेला परेको जानकारी पाएपछि आज विहानै त्यहाँ पुगी अनुगमन् गरेको थियो । सो अवस्थाका बारेमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतलाई जानकारी गराई संघले आवश्यक छानविन गर्नका लागि अखाद्य अवस्थाका चामलका ती बोरा समेत बुझाइएको छ ।

चामल विक्रेता पक्षले भनें कम्पनीबाटै प्याकिङ गरेर आएकाले त्यसबारे आफुलाई केही थाहा नभएको बताएको छ । आफुले कम्पनीसँग सम्पर्क गर्दा घुन लाग्न नदिन औषधि राखिएको तर मुसाका सम्बन्धमा थाहा नभएको जवाफ आएको संघका अध्यक्ष बस्नेतले जनाउनु भयो । सो सम्वन्धमा आवश्यक छानविन गरिने उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes