सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधानको आगामी कदम बारे छलफल तथा सुझाव संकलन - Pahilo Online

सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधानको आगामी कदम बारे छलफल तथा सुझाव संकलन

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं ४ मा सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधानको आगामी कदम बारे छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा अध्यक्ष गोविन्द बहादुर भण्डारी अध्यक्षता, पूर्व संविधान सभा सदस्य लाल बहादुर सुस्लिङ मगर, सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल समितिका संयोजक जहरमान लिम्बू, वडा समिति, राजनीतिक दल प्रतिनिधि लगायत सुरक्षा कर्मी, समाजसेवीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्ष गोविन्द बहादुर भण्डारीले सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल गर्न निर्मित केन्द्रिय आयोगले निर्माण गरेको कार्यविधि तथा निर्देशीका प्रस्तुत गरेपछि त्यहि बमोजिम छलफल भएको हो । छलफल सहभागीहरुले विगत ४० वर्षदेखिको समस्या अब साच्चै समाधानका लागि आधारभूत तहबाटै काम सुरु भएकोले खुशी व्यक्त गर्दै विभिन्न सुझाव दिएका छन् ।

अहिले भईरहेको कदक तल्लो स्तरबाट माथिल्लो स्तरसम्मकै समन्वयमा भईरहेकोले यो मौका खेर जान दिन नहुने र यो कुनै व्यक्ति विशेषको मात्र नभई सवैको साझा समस्या भएकोले राजनीतिकरण हुन दिन नहुने सुझाव दिएका छन् । त्यसैगरी लगत संकलन, नापी नक्सा, समिति निर्माण र कर्मचारी नियुक्तमा कुनै गल्ती कदम चाल्न नहुने पनि सुझाएका छन् । समस्या समाधान हुनेमा विश्वस्त हुदै सबै सहभागी पक्षले सतप्रतिशत साथ दिने प्रतिवद्धता जनाएका छन् त्यसै गरी वडाकार्यलयले पनि आगामी कार्यसम्पादनमा कुनै कसुर बाँकी नराख्ने जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes