भौतिक संरचना प्रयोगकर्ता मैत्री बनाइनेः मन्त्री घिमिरे - Pahilo Online

भौतिक संरचना प्रयोगकर्ता मैत्री बनाइनेः मन्त्री घिमिरे

writer

मोरङ । भौतिक संरचना निर्माणगर्दा प्रयोगकर्ता मैत्री बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रयोगकर्तामैत्री हुँदा सवैका लागि हुने उनीहरुको भनाई छ । भौतिक पूर्वाधारहरु अपाङ्गतामैत्री भन्दा पनि प्रयोगकर्ता मैत्री हुन आवस्यक रहेकोमा उनीहरुको जोड छ ।

सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय र राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले आज सामाजिक विकास मन्त्रालयमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरुको पुर्नस्थापना र विद्यमान संरचनाको विषयमा सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले निर्माण गरिरहेका संरचनाहरु प्रयोगकर्तामैत्री हुने बताएका छन्। मन्त्री घिमिरेले सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा सम्म पुग्नका लागि पुरानो संरचनालाई सुधार गरिएको बताए । उनले भने,‘ अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थापना गरिएको सूचना केन्द्र मन्त्रालयको आँगनमा नै निर्माण गरिएको छ ।’

कार्यक्रममा नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) का माधवराज भट्टले पूर्वाधार अपाङ्गमैत्री भन्दा पनि प्रयोगकर्ता मैत्रीहुनु पर्नेमा जोड दिए । अपाङ्गमैत्री भन्दा पनि प्रयोगकर्तामैत्री भएसवैका लागि हुने उनको भनाई छ ।  राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत विमल वस्नेतले प्रदेश सरकारले निर्माण गर्ने संरचनाहरु प्रयोगकर्तामैत्री हुनुपर्ने बताए । प्रदेश सरकारका मन्त्रालयहरु प्रयोगकर्ता मैत्री नभएको उनको भनाई छ । प्रदेशका मन्त्रालय अहिले पुरानै संरचनामा भएपनि सामान्य रुपमा पनि प्रयोगकर्ता मैत्री बनाउन ध्यान नगएको गुनासो गरे । उनले भने,‘प्रदेश सरकारले तीन पटक बजेट ल्याईसक्यो, तर भएका संरचनाहरुको सामान्य मर्मतमा पनि ध्यान गएको देखिएन।’

सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले अपाङ्गमैत्री पूर्वाधार निर्माणका लागि नेपाल सरकारले २०६९ मै निर्देशिका जारी गरेपनि अझैपनि पूर्णरुपमा कार्यन्वयन हुन नसकेको बताए। कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, विराटनगर महानगरपालिका, वुढीगंगा, कटहरी र ग्रामथान र विभिन्न अपाङ्गताको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes