प्रदेश १ मा ८७ संक्रमित थपिए, ६२ जना डिस्चार्ज - Pahilo Online

प्रदेश १ मा ८७ संक्रमित थपिए, ६२ जना डिस्चार्ज

writer

मोरङ । प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६, मोरंगमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको भद्रपुर र दमकमा ७–७, विर्तामोडमा ६, कमल गाउँपालिकामा ४, मेचीनगरमा ३, अर्जुनधारा र शिवसताक्षीमा २–२, बुद्धशान्ति र बा¥हदशीमा १–१, मोरंगको विराटनगरमा ९, बेलबारीमा २, सुनबर्षी, पथरीशनिश्चरे, सुन्दरहरैचा र उर्लाबारीमा १–१, इलामको सुर्योदयमा ६, इलाम नगरपालिकामा ५, चुलाचुली र स्थाानीय तह नखुलेका १–१, सुनसरीको धरान र इटहरीमा ४–४, इनरुवामा ३, रामधुनीमा १, संखुवासभाको खाँदबारीमा ३, उदयपुरको त्रियुगामा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ५०२ पुगेको छ ।

प्रदेश १ मा आज ६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, महालक्ष्मी जितपुर आईसोलेसन धनकुटाबाट ८, विराट मेडिकल कलेजबाट ४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने संख्या २३ हजार ४०५ पुगेको छ । प्रदेश १ मा आज ५८७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २८ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९८ हजार २२५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes