भन्सार छली गरी ल्याएका करिव तिन लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद - Pahilo Online

भन्सार छली गरी ल्याएका करिव तिन लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद

writer

झापा, मोरङ । झापा र मोरङ जिल्लाको सिमानाँका एरियाबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका करिव तिन लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको छ । विशेष सुराकका आधारमा हिजो राती १० बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले भारतिय बजार पानीटंकीबाट खरिद गरी भन्सार छली गरेर ल्याएको १ लाख ४ हजार मुल्य बराबरको बिभिन्न आइटमका लत्ता कपडाहरु मेचीनगर ७ सतिघट्टा एरियाबाट बरामद गरेको हो ।

यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउसो साढे १२ बजे भन्सार छली ल्याएका २ लाख मुल्य बराबरको थर्मकोट बरामद गरेको छ । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले विराटनगर १७ मटेरूवा बस्ने जसिम कुजराको घरबाट उक्त परिमाणको थर्मकोट फेला पारी बरामद गरेको हो । भारतिय बजार जोगबनीबाट लत्ता कपडा खरिद गरी भन्सार छली गरेर घरमा ल्याई भण्डार गरेर राखिएको भन्ने विशेष सुचना पाईपछी कुजराको घरमा खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको अवस्थामा १ सय ४७ सेट थर्मकोट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुबै स्थानबाट बरामद गरिएको लत्ता कपडाहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाउने तर्फ कानुनी कारबाही भईरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes