सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधान गर्न काम तदारुकताका साथ अघि बढाउने निर्णय - Pahilo Online

सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधान गर्न काम तदारुकताका साथ अघि बढाउने निर्णय

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल समितिसँग भूमि समस्या समाधानका बारेमा आज बैठकमा छलफल गरेको छन् । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सरकारले गठन गरेको भूमि सम्बन्धि समस्या समाधान आयोगका लागि नगरका तर्फबाट सम्पादन गर्नुपर्ने कामहरु तदारुकताका साथ अघि बढाउने बैठकमा निर्णय भएको छ ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका कार्यपालिका सदस्य र सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल समितिका संयोजक जहरमान लिम्बू, उपाध्यक्षमध्येका मानबहादुर विश्वकर्मा, सचिव देवेन्द्र वनेम सहितका सदस्यबीच छलफल भएको हो । सवैको सहकार्यमा आयोगले पाएको अख्तियारीमा नगरपालिका कार्यालयले सहयोगी र सवन्वयकारी भूमिका निर्वाह गरेर समस्या समाधानमा जुट्ने निर्णय भएको नगर प्रमुख राईले जनाए ।

मंसिर २२ गते प्रदेश राजधानी विराटनगरमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानको प्रक्रिया थाल्न पथरी शनिश्चरे सहितका पालिकाहरुसँग आयोगले समझदारीपत्रमा हस्ताक्षर गरेको पनि उनले छलफलमा जानकारी गराए । नगरपालिकाले आयोगको सहयोग र समन्वयका लागि समिति निर्माण, कार्यालय व्यवस्थापन तथा कर्मचारी व्यवस्थापनको क्रम अघि बढाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes