मोरङ र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ  - Pahilo Online

मोरङ र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ 

writer

मोरङ । मोरङ र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । मंलवार दिउँसो ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले २ जनालाई तथा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले रङगेली बसपार्कबाट मंगलवार दिउँसो साँढे ३ बजे सुनवर्सी नगरपालिका-९ का २४ बर्षीय कुन्दन सहनी र १९ बर्षीय आदर्श दासलाई लागुऔषध नाईट्राभेट १ हजार २ सय ट्याब्लेट सहित पक्राउ गरेको हो ।
यसैगरी ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी-९ बाट भारतिय नागरीक ओम प्रकाश यादवलाई  Tramadol Hydrochloride ८ हजार क्याप्सुल, नाईट्राभेट-१० लेखिएको लागुऔषध १ हजार ६ सय ६० क्याप्सुल र १००ml को  TLANOKOF  ३० वोतल सहित पक्राउ गरेको हो । यस्तै ईटहरी-१३ खनारबाट मोरङको जहदा गाउँपालिका-४ का ३७ बर्षीय उमेश कुमार मण्डललाई Tramadol ३६० क्याप्सुल र Spaspain १८८ ट्यावलेट लागुऔषध  सहित पक्राउ गरेको हो । यस्तै ईटहरी-८ का १९ बर्षीय सनम बस्नेतलाई ईटहरी-६  बाट लागुऔषध Tramadol Hydrochloride ४५०० क्याप्सुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes