धनुषा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन गरेका छन् । जनकपुरलाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको पनि विमानस्थलले जनाएको छ । जनकपुर विमानस्थलमा धावन मार्ग र पार्किङ स्थल फराकिलो बनाइएको छ भने वारुण यन्त्र र एक्सरे मेसिनसहितका संरचना पनि थपिएको छ ।