अरुण तेस्रोका कामदार आन्दोलनमा उत्रिए पछि काम प्रभावित - Pahilo Online

अरुण तेस्रोका कामदार आन्दोलनमा उत्रिए पछि काम प्रभावित

writer

संखुवासभा । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर आन्दोलित भएपछि काम प्रभावित भएको छ। सोमबार बिहानैदेखि उनीहरु आन्दोलनमा उत्रिँदा ड्यामसाइड फ्याक्सिन्दा दोभानमा काम अवरुद्ध भएको छ। ड्यामसाइड मकालु गाउँपालिकालु–५ फ्याक्सिन्दाका मजदुर विभिन्न माग राख्दै सोमबार दिनभर प्रदर्शनमा उत्रिएका थिए। सुरुङमार्ग निर्माणलगायत काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्स्ट्रक्सनले गरिएको छ।

ड्यामसाइडका मजदुरले भौतिक पूर्वाधार कार्यालय संखुवासभाले निर्धारण गरेको दररेटअनुसार ज्याला नपाएको, आठ घण्टाभन्दा बढी काम लगाएको, समयमा तलब भुक्तानी नगरेको भन्दै कार्यालय घेराउ गरेका छन्। निर्माण कम्पनीले लामो समयदेखि मजदुरको ज्याला नबढाएको, स्थानीय श्रमिक तथा मजदुरहरूलाई काम नदिएको उनीहरुको भनाइ थियो। यस विषयमा उनीहरुले ठेकेदार निर्माण कम्पनीसँग असुन्तष्टि जनाउँदै पटक पटक काम अवरुद्ध गर्दै आएका छन्।

मजदुरले यसअघि पनि ज्याला बढाउन माग गर्दै काम अवरुद्ध गर्दा तत्कालै बढाउने सहमति भएको थियो। वर्ष दिन बितिसक्दासमेत ज्याला बढाउने र स्थानीय मजदुरलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेका भन्दै पुनः काम अवरुद्ध पार्न बाध्य भएको मजदुर धनश्याम कार्कीले बताए।

यता संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले ड्यामसाइडको काम अवरुद्ध नभएको भन्दै बचाउ गरेका छन्। प्रजिअ आचार्यले कार्यरत मजदुरले ज्याला बढाउन माग राखेको भए पनि काम अवरुद्ध नगरेको बताए। आयोजनाको काम भारतीय सतलज कम्पनीले गरिरहेको छ। आयोजनाको गत कात्तिक २६ गते प्रधानमन्त्री केपी ओलीले समेत स्थलगत अनुगमन गर्दै कामबाट सन्तुष्ट रहेको बताएका थिए।

यसको लागत कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीमा निर्माण गर्न लागिएको हो। मकालु–५ फ्याक्सिन्दा दोभानदेखि ११ किलोमिटर सुरुङ खनेर चिचिला गाउँपालिका– २ को पुखुवामा विद्युत् गृहस्थल रहने छ। पावरहाउस पुखुवामा भारतीय पटेल इन्जिनिरिङ कम्पनीले काम गरिरहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes