मिक्लाजुङमा अपहरणपछि शिक्षकको गोली हानी हत्या - Pahilo Online

मिक्लाजुङमा अपहरणपछि शिक्षकको गोली हानी हत्या

writer

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा एक जना शिक्षकको अपहरण पछि हत्या भएको छ। हत्या हुनेमा मिक्लाजुङ गाउँपालिका १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरिएको हो । मंगलबार विहान हत्या गरीएको अवस्थामा उनको शव भेटिएको हो।

श्रेष्ठको शव मिक्लाजुङ गाउँपालिका १ बर्खेको जंगलमा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन्। शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दूरीमा छ। मृतकको टाउकोमा गोली लागेको भेटिएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान सवा ६ बजेतिर ४–५ जनाको संख्यामा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले श्रेष्ठलाई घरबाट लिएर गएको सूचना आएको एसपी खड्काले बताए। घटनाबारेमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ। अहिले घटना भएको क्षेत्रमा ठूलो संख्यामा प्रहरी खटाइएको छ। यसअघि पनि विप्लव नेतृत्वको नेकपाले प्रदेश सरकारको लगनीमा निर्माण भइरहेको टाँडी आइतबारे प्रदेश सडक निर्माणमा प्रयोग गरिएका एक्साभेटरमा आगजानी गरेका थिए।

गाउँपालिकाको केन्द्रबाट ४० किलोमिटर उतरपूर्वमा घटनास्थल रहेको छ। विकट भौगोलिक क्षेत्र भएकाले प्रहरी टोली घटस्थलतर्फ गएको मिक्लाजुङ गाउँपालिका उपप्रमुख सरला राईले जानकारी दिइन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes