प्रदेश १ मा सोमबार १६५ संक्रमित थपिए, ९७ जना डिस्चार्ज - Pahilo Online

प्रदेश १ मा सोमबार १६५ संक्रमित थपिए, ९७ जना डिस्चार्ज

writer

मोरङ । प्रदेश १ आज १६५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ३३, धरानमा २२, इनरुवा र दुहवीमा ३–३, बराहक्षेत्रमा २, गढी, रामधुनी, हरिनगर, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका ३ जना, मोरंगको विराटनगरमा २८, सुन्दरहरैचामा ५, पथरीशनिश्चरेमा ४, कटहरीमा ३, बेलबारी र बुढीगंगामा २–२, उर्लाबारी र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ५, भद्रपुर र विर्तामोडमा ४–४, मेचीनगरमा ३, झापा गाउँपालिकामा २, बुद्धशान्ति र कनकाईमा १–१, संखुवासभाको खाँदबारीमा ८, चैनपुरमा १, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा २, कुम्वायकमा १, धनकुटामा १, भोजपुरको रामप्रसाद राई गाउँपालिकामा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ४१५ पुगेको छ ।

प्रदेश १ मा आज ९७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९१, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४, मेची अस्पताल र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ३४३ पुगेको छ । प्रदेश १ मा आज ८५४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७१ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९७ हजार ६३८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes