प्रदेश १ मा ९६ जना डिस्चार्ज, ८० संक्रमित थपिए - Pahilo Online

प्रदेश १ मा ९६ जना डिस्चार्ज, ८० संक्रमित थपिए

writer

मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २४६ पुगेको छ । प्रदेश १ मा आज ८० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, संखुवासभा र ताप्लेजुङमा ३–३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १५, सुन्दरहरैचा, बेलबारी र पथरीशनिश्चरेमा २–२, रंगेली, केराबारी, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १–१ , झापाको विर्तामोडमा ४, मेचीनगर र दमकमा ३–३, बा¥हदशी, अर्जुनधारा र गौरादहमा २–२, भद्रपुर, बुद्धशान्ति, कनकाई र कचनकवलमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको इनरुवा र धरानमा ३–३, इटहरीमा २, हरिनगर र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । इलामको माईमा ५ , इलाम नगरपालिकामा २, संखुवासभाको सभापोखरी, धर्मदेवी र मादीमा १–१, ताप्लेजुङको फुङलिङमा २, याङवरकमा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार २५० पुगेको छ ।

प्रदेश १ मा आज ७१० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २३ महिला र ५७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९६ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes