पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा रहेका क्षयरोगी, पूर्ण अपाङ्गता भएका र कुपोषित बालबालिकाका लागि बीएनएमटी संस्था विराटनगरले राहत सामग्री उपलब्ध गराएको छ ।
आज नगरपालिका कार्यालयमा सहभागि १५ जनालाई पोषिला खाद्य सामग्री सहितको राहत वितरण गरिएको छ । कोरोनाका कारण समेत अति प्रभावित आर्थिक विपन्न परिवारका लागि नगर सामाजिक विकास समिति सदस्य भद्रमान विश्वकर्मा, नगर जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितले ती सामग्री वितरण गरे । सो संस्थाले यसखाले सामग्री वर्षेनी प्रदान गर्दै आएको छ ।