वडा समितिमार्फत सञ्चालित ‘उद्घोषण तथा सृजनशील’ तालिम सम्पन्न - Pahilo Online

वडा समितिमार्फत सञ्चालित ‘उद्घोषण तथा सृजनशील’ तालिम सम्पन्न

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ४ नम्वर वडा समितिमार्फत सञ्चालित ५ दिने ‘उद्घोषण तथा सृजनशील’ तालिम आज सम्पन्न भएको छ । स्थानीय नारी दिवश शिप विकास तथा ढाका तान महिला समितिको आयोजनामा ४ नम्वर वडाका महिलाहरुको क्षमता अभिबृद्धिका लागि आयोजित तालिमको समापन वडाध्यक्ष गोविन्दबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

प्रमुख अतिथि भण्डारीका साथै कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, वडा सदस्य अम्बरबहादुर बराइली र तुलसादेवी दर्जीले सहभागिलाई प्रमाणपत्र वितरणका क्रममा महिलाहरु अघि बढ्ने कुरामा वडाले सधैं सहयोग पुग्ने बताए ।

समिति अध्यक्ष लक्ष्मी भट्टराईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य सहजकर्ता नगरपालिकाका सूचना सम्पादक भूपेन्द्रराज तिम्सिना, सहजकर्ता एवम् कार्यक्रम संयोजक मोहन भट्टराई तथा प्रशिक्षार्थीहरु योगमाया ढुंगाना र सरस्वती खड्का बस्नेतले तालिमका सम्बन्धमा विचार व्यक्त गरे । तालिममा सो वडाका २५ जना महिलाको सहभागिता रहेको थियो । प्रशिक्षार्थीले तालिम प्रभावकारी बनेको बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes