मोरङ । बिराटनगर महानगरपालिका ४ स्थित गोग्राहा माध्यामिक बिद्यालयमा लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा १ जना आज दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका १ का १८ बर्षीय बिल्साद आलम रहेका छन् । आलमले, हरिनगरा १ का २६ बर्षीय अवताव आलमको ठाउँमा परीक्षा दिईरहेको अवस्थामा फेला परेको उक्त कार्यालयबाट जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।