मोरङ । भारतिय बजार जोगबनीबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका लत्ता कपडा, किचनका आईटम तथा खाधान्न सामाग्रीहरु बरामद गरिएको छ । मोरङको विराटनगर १६ दरैया नहर स्थितबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएका उक्त सामानहरु बरामद गरिएको हो । बिशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले शनिवार बेलुका साढे ६ बजे करिव ९५ हजार २ सय ५० रुपैया बराबरको विभिन्न ब्राण्डका लत्ता कपडा तथा अन्य सामानहरु बरामद गरेको थियो । बरामद गरिएको सामानहरु भन्सार कार्यालय रानीमा बुझाउने तर्फ आवश्यक कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।