रमाइलो जेसिस सप्ताह २०२० सम्पन्न - Pahilo Online

रमाइलो जेसिस सप्ताह २०२० सम्पन्न

writer

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ६ स्थित रमाइलो जेसिसको आयोजना रहेको रमाइलो जेसिस सप्ताह २०२० सम्पन्न भएको छ। शनिबार रमाइलो चोकमा स्लो बाइक रेस र रक्तदान कार्यक्रमको आयोजना गर्दै सप्ताह समापन गरिएको हो। स्लो बाइक रेसमा कानेपोखरी ६ रमाइलोका देवेन्द्र थापा १६ जना प्रतियोगीलाई उछिन्दै विजयी भएका हुन् भने रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको रमाइलो जेसिसका अध्यक्ष सुमन अधिकारीले बताए। सो रक्तदान कार्यक्रमको प्राविधिक संयोजन रेडक्रस सोसाइटी बयरबन उपशाखाको रहेको थियो।

मंसिर १८ गते कानेपोखरी ०५ चिसाङ टोलमा रहेको जनता आधारभूत विद्यालयमा मास्क वितरण तथा स्वास्थ्य कार्यक्रमको आयोजना गर्दै सप्ताहको समुद्घघाटन गरिएको थियो। सप्ताहको दोस्रो दिनको ब्याटमिन्टन प्रतियोगितामा कानेपोखरी गाउँपालिका विजेता बनेको थियो भने लायन्स क्लब अफ रमाइलो उपविजेतामा सिमित बन्यो।

रमाइलो जेसिसले युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गरी समाज रुपान्तरणमा समाहित गराउने मूल उद्देश्यका साथ यस सप्ताह कार्यक्रम सुरु गरेको हो। रमाइलो जेसीजले प्रत्येक बर्ष समाजका विभिन्न क्षेत्रमा सकरात्मक कार्य गर्दै आएको र सोहि कार्यलाई निरन्तरता दिर्दै अर्को बर्ष पनि सप्ताह कार्यक्रमको आयोजना गर्ने रमाइलो जेसिसका अध्यक्ष सुमन अधिकारीले जानकारी दिए।यस सप्ताह अन्तर्गतका कार्यक्रमहरुमा सहभागीलाई जेसिसको पदस्थापनाका दिन पुरस्कार प्रदान गरिने जेसि सन्तोष फुयलले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes