तराईका तिन जिल्लाहरुको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक कार्यक्रम सम्पन्न - Pahilo Online

तराईका तिन जिल्लाहरुको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक कार्यक्रम सम्पन्न

writer

बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा आज(शनिबार) बिराटनगरमा १ नं. प्रदेश अन्तर्गत तराईका तिन जिल्लाहरुको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा झापा, मोरङ र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी बल नेपालका जिल्ला प्रमुखहरुको उपस्थिति रहेको थियो ।

बर्तमान सुरक्षा अवस्था, सिमा अपराध, भन्सार चोरी निकासी लगायत विविध विषयहरुमा सहभागीहरु बिच अन्तरक्रियात्मक छलफल भएको थियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरु, १ नं. प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी बल १ नं. बराह बाहिनीका निमित्त प्रमुख तथा संघिय प्रहरी ईकाई कार्यालय धरानका प्रमुखले आ-आफ्नो धारणा राखेका थिए।

साथै बैठकले सिमा सुरक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउने, अन्तर जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढंगले अगाडी बढ्ने र सिमा एरियाहरुमा हुने ग्रैह्रकानूनी क्रियाकलापहरुलाई तिन वटै जिल्लाहरुको समन्वयमा प्रभावकारी रुपमा नियन्त्रण गर्ने निर्णय गरी बैठक सम्पन्न भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes