२ जना ज्येष्ठ महिला स्वास्थ्य स्वयमसेविका सम्मानित - Pahilo Online

२ जना ज्येष्ठ महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

writer

पथरी शनिश्चरे । १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवशका अवसरमा आज पथरी शनिश्चरे नगरपालिका कार्यालयले आफ्ना २ जना ज्येष्ठ महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानित गरेको छ । शान्ति भूल्के सिमसार क्षेत्रमा आयोजित कार्यक्रममा सावित्रा न्यौपाने र निर्मला खतिवडालाई जनही नगद ६० हजार र सम्मानपत्रले सम्मानित गरिएको हो । उहाँहरु ६० वर्ष उमेर पुगेकाले स्वयमसेविकाको जिम्मेवारीबाट विदाई समेत गरिएको छ ।

कार्यक्रममा, नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राई सहितले उहाँहरुलाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मानित गर्दै उहाँहरुको योगदानको उच्च मुल्यांकन गर्नुभयो । सो अवसरमा नगरका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्य एवम् स्वास्थ्य कर्मचारीहरुको सहभागिता रहेको थियो । २ जना स्वास्थ्य स्वयमसेविकाको विदाइपछि उहाँहरुको स्थानमा नयाँ २ जनालाई नियुक्त गरी स्वागत गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes