५० वर्षीया महिलाको हत्या गर्ने युवकलाई जन्मकैदको फैसला - Pahilo Online

५० वर्षीया महिलाको हत्या गर्ने युवकलाई जन्मकैदको फैसला

writer

उदयपुर । ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई जन्मकैद सजाय फैसला गरेको छ । त्यसैगरी नगद एक लाख जरिवाना गर्ने भएको छ ।

बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजीवन कारावास (जन्मकैद) जेल सजाय र एक लाख क्षतिपूर्ति जरिवाना गर्ने फैसला गरेको हो ।

यही भदौ २७ गते स्थानीय ५० वर्षीय महिला डोरकुमारीलाई सामान्य झगडामा लछारपछार गर्दै घरबाट गाईगोठमा लगेर खुकुरी प्रहार गरी हत्या गरेको अभियोग राउतमाथि लागेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यले बताए ।

हत्या गरिएकी महिलाका आफन्तले इलाका प्रहरी कटारीमा जाहेरी दिएपछि राउतलाई पक्राउ गरेर असोज २१ गते अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाइएको अदालतले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes