मोरङ । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले अपाङ्गता भएका ब्यक्तिहरुलाई माया, सद्भाव, समान हेराइ अनि हौसलाको आवश्यकता हुनेबताएकी छिन् ।
“कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता” भन्ने मुल नाराका साथ मनाईएको २९ औ अपाङगता दिवशको अवसरमा बिराट बहिरा माध्यामिक बिद्यालय बिराटनगरमा भएको शैक्षिक सामग्री बितरण कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएकी हुन् । फरक क्षमता भएका व्यक्तिहरुलाई समान अवसरका साथ सकारात्मक वातावरण प्रदान गर्न सके उनिहरु व्यवस्थित ढङ्गले कुनैपनि चुनौतिको सामना गर्न सक्ने उनको भनाई थियो ।
श्रीमती थापा कार्कीले फरक क्षमता भएका विद्यार्थीहरुले सृजनशिलता, आत्मविश्वास र मेहनतले गर्दा नै समाजका जुनसुकै स्थानमा अन्य व्यक्तिहरु सरह नै सृजनात्मक कार्य गरेर आफुलाई स्थापित गर्न सक्ने र आफुलाई उदाहारणीय बनाउन सक्ने बताइन् । २९ औ अपाङगता दिबशकै अवसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा उक्त बिद्यालयमा “प्रहरी मेरो साथी” शिर्षकमा चित्रकला प्रतियोगिता समेत संचालन गरिएको थियो । उक्त प्रतियगितामा प्रथम हुने निशा खतिवडा, द्धितिय हुने कमलेश बाबु पुर्बे र तृतिय हुने पुनम कुमारी यादवलाई संघकी अध्यक्ष थापा कार्कीले पुरस्कार बितरण समेत गरेका थिए ।
यसैगरी सोही कार्यक्रममा उक्त बिद्यालयका २५ जना छात्रा छात्रहरुलाई न्यानो कपडा ट्र्याकसुट र मोजा तथा शैक्षिक सामग्रीहरु, ह्याण्ड सेनिटाईजर, खाना पकाउने भाडा वर्तन, चाउचाउ, खेलकुदका समानहरु र मास्क समेत बितरण गरिएको थियो । उक्त कार्यक्रममा बिद्यालयकी सहायक प्रधानाध्यापक रमा आचार्यले कार्यक्रम संचालन गरेकी थिइन् । स्वागत मन्तव्य राख्दै प्रधानाध्यापक मिनु अधिकारीले सहयोगी हातहरुप्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दै यस्ता कार्यक्रमले अध्ययनरत बिद्यार्थीहरुलाई थप हौशला प्रदान भएको बताइन् ।