जेसीजको स्थापना दिवसको अवसरमा पत्रकार र जेसीजवीच मैत्रीपूर्ण फुटसल - Pahilo Online

जेसीजको स्थापना दिवसको अवसरमा पत्रकार र जेसीजवीच मैत्रीपूर्ण फुटसल

१६ देखि २५ गतेसम्म सप्ताहब्यापी कार्यक्रम

writer

मोरङ । मोरङको पथरी जेसीजले आफ्नो स्थापना दिवसको अवसरमा जेसीज र प्रत्रकारबीच बिहिबार मैत्रीपूर्ण फुटसल भएको छ । पथरी जेसीजको सप्ताह ब्यापी कार्यक्रम तालिका अनुसार भएको खेलमा ८–७ गोल अन्तरले पत्रकारको टिम बिजय भएको हो ।

पत्रकारको टिममा सन्तोष राई, अर्जुन जम्नेली राई, दिनेश सुब्बा, नवराज भट्टराई, कुमार खड्का, भीमराज अधिकारी, बिजय धिमाल, बिबेक न्यौपाने, लङसिङ्ग श्रेष्ठ, ईस्वर दुलाल ले खेलेका थिए । त्यसैगरी पथरी जेसीजको तर्फबाट अध्यक्ष सन्तोष ढुङ्गेल, महासचिव सुबर्ण खत्री, गिरिस साम्बा, राज तिरुवा, निरोज बस्नेत, भुवन मगर, अनु राई लगायतले खेलेका थिए ।

उर्लाबारी फुटसल मैदानमा भएको खेल फुटसल बिजेता पत्रकार टिमलाई ट्र्फीको साथमा अध्यक्षको ढुङ्गेलको तर्फबाट विभिन्न दार्शनिक तथा सफल ब्यक्तिहरुको जीवनीमा आधारित पुस्तकहरु प्रदान गरेका थिए ।

पथरी जेसीजले आफ्नो स्थापना दिवसको अवसरमा फुटसलसँगै, डास खोलामा मलामी घर सफाई, क्यासर रोगिलाई आर्थिक सहयोग बितरण, जनमैत्री प्रशासन र बिधिको शासनको लागि चेतनामूलक कार्यक्रम (शासन ब्यक्ती होइन बिधिको उल्लेखित स्टीकर कार्यलयमा टांस्ने), पर्यटन प्रवद्र्धधन लगायतको कार्यक्रम गरि मंसिर १६ देखि २५ गतेसम्म सप्ताहब्यापी कार्यक्रम गर्दैछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes