२९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अबसरमा व्हीलचेयर र ब्लाङ्केट वितरण - Pahilo Online

२९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवशको अबसरमा व्हीलचेयर र ब्लाङ्केट वितरण

writer

पथरी शनिश्चरे । अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तराष्ट्रिय दिवशका सन्दर्भमा आज मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमार्फत व्हीलचेयर र ब्लाङ्केट वितरण गरिएको छ ।

‘कोभिड १९ पछिको उत्कृष्ठ पुनरागमनको सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सवैको प्रतिवद्धता’ भन्ने नारा रहेको दिवशमा अपाङ्गता भएका आर्थिक विपन्न परिवारका २ जनालाई व्हीलचेयर र ४ जनालाई ब्लाङ्केट वितरण गरिएको हो । जसमा, वडा नम्वर ६ का १ र ९ का १ जनालाई ह्वीलचियर तथा १ नम्बरमा १, ५ मा २ र ६ मा १ जनालाई ब्लाङ्केट वितरण गरिएको नगर महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जनाउनु भयो ।


नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितको अगुवाईमा व्हीलचेयर र ब्लाङ्केट वितरण गरिएको हो । अपाङ्गता भएका कुल विपन्न १३ जनालाई यो पटक ब्लाङ्केट वितरण गर्ने कार्यक्रम रहेको छ । बाँकीलाई भोली वितरण गरिने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes