नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले क्यान्सर अस्पताल पनि सञ्चालन गर्ने - Pahilo Online

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले क्यान्सर अस्पताल पनि सञ्चालन गर्ने

writer

बिराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले क्यान्सर अस्पताल पनि सञ्चालन गर्ने भएको छ । कञ्चनवारीस्थित नोबेल अस्पताल परिसरमा निर्माण गर्ने तयारी गरिएको क्यान्सर अस्पतालको बुधबार सिलान्यास गरिएको छ । २ अर्ब ४० करोड लगानी गरेर नोबेलले ‘नोबेल क्यान्सर अस्पताल’ सञ्चालन गर्ने भएको हो ।

अब एक बर्ष भित्रमा सुबिधासम्पन्न क्यान्सर अस्पताल सञ्चालन गरिने नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले जानकारी दिए । ‘सार्क राष्ट्रहरुमै हालसम्म नभएका अत्याधुनिक उपकरण राखेर क्यान्सर हस्पिटल चलाउँने तयारी गरेका छौं।’ डा. शर्माले भने–‘अब क्यान्सर रोगीले दिल्ली लगायत क्षेत्रमा पुग्नुपर्ने बाध्यता हट्छ । नोबेलमै क्यान्सरको राम्रो उपचार गर्ने वातावरण मिलाउँछौ ।’

नोबेलले १ अर्ब २० करोड भन्दा बढी रकम अत्याधुनिक उपकरण खरिदमै खर्चने भएको छ । अमेरिकन कम्पनी भेरियन मेडिकल सिस्टम्सको एज वीथ हाइपरआर्क इन्टीग्रेटेड २४ च्यानल ब्राकीथेरापी सिस्टम र हेलकोन ई वीथ केभी लगायत अत्याधुनिक मेसिन किन्न सम्झौता भईसकेको अस्पतालले जनाएको छ ।

सुरुवाती चरणमा क्यान्सरका बिरामीका लागि अत्याधुनिक मेसिनद्वारा थेरापी सुरु गरेर एक सय बेडको क्यान्सर अस्पताल सञ्चालन गर्ने तयारी गरिएको हो । नोबेलले बिरामीको आवश्यकतालाई मध्यनजर गर्दै उपचार सेवामा स्तरीयता बढाउँने क्रमलाई तीब्रता दिईरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes