चार जना छोराछोरी अपांङ्गता भएको परिवारलाई इटहरी उपमहानगरद्वारा पुनः एकलाख रुपियाँ प्रदान - Pahilo Online

चार जना छोराछोरी अपांङ्गता भएको परिवारलाई इटहरी उपमहानगरद्वारा पुनः एकलाख रुपियाँ प्रदान

writer

इटहरी । इटहरी वडा नम्वर दुईको तामाङ्गचौकको एकै घरका चार जना छोराछोरी अपांङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले यस बर्ष पनि एकलाख रुपियाँ प्रदान गरेको छ । इटहरी २ स्थित लक्ष्मण तामाडको घरमै आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले एक लाख रुपियाँको चेक हस्तान्तरण गरीन् । तामाङ्ग परिवारका १५ देखि ३० बर्ष सम्मका दुई छोरा र दुईछोरी कोहि पनि आँखा देख्न सक्दैनन । कान्छो छोरो बाहेक कोहि पनि बोल्न समेत सक्दैनन । उठेर हिडन त परै जाओस, वस्न पनि सक्दैनन । ओल्टाइपल्टाइ गर्नुपर्छ । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि विस्तारै अन्य दाजु दिदीको जस्तै वन्दै गएको छ । गत बर्ष पनि चार जना अपांङ्गताभएका छोरा छोरीको भरणपोषणका लागि प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले उपमहानगरको तर्फवाट एकलाख रुपियाँको चेक घरैमा गएर प्रदान गरेका थिए ।

यसअघि गत बर्षनै उपप्रमुख गौतमले लक्ष्मण तामाङकी जेठी छोरी अस्मिता, जेठो छोरा सरोज, कान्छी छोरी सुस्मिता र कान्छो छोरा संदीपलाई पूर्ण अपांङ्गता भएको रातोकार्ड घरमै पुगेर वितरण गरेका थिए । रातोकार्ड प्राप्त गरेपनि उनीहरुले मासिक प्रतिब्यक्ति तीनहजार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन । उपमहानगरले घरमै आएर निरन्तर सहयोग गरेकोमा उनीहरुका वुवा लक्ष्मण तामाङ्गले खुशी व्यक्त गरे । उनले घर आँगनमै सरकार आएको महशुष भएको वताए । लक्ष्मण तामाङका अनुसार जेठी छोरी अस्मिता सात बर्षसम्म सवै ठीक थिइन । त्यसपछि विस्तारै आँखा देख्न छाडिन, एक बर्षमा पुरै आँखा नदेख्ने भयो, त्यसपछि ढल्ने वेहोस हुने समस्या भयो, केहि समय पछि केहि थाहा नपाउने भएर ओछयानको ओछयान भइन् । अरु दुईजनालाई पनि ठयाक्कै त्यस्तै भयो । कान्छोछोराले पनि आँखा देख्न सक्दैनन हिडडुल गर्न भने सक्छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes