प्रदेश १ मा मंगलबार १७९ संक्रमित थपिए, ९२ जना डिस्चार्ज - Pahilo Online

प्रदेश १ मा मंगलबार १७९ संक्रमित थपिए, ९२ जना डिस्चार्ज

writer

मोरङ । प्रदेश १ मा आज(मंगलबार) १७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरंगमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र ते¥हथुममा २–२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा २२, भद्रपुरमा १५, दमकमा ७, कनकाई र शिवसताक्षीमा ४–४, अर्जुनधारामा ३, मेचीनगरमा २, गौरादह, बुद्धशान्ति, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरंगको विराटनगरमा ४०, बेलबारीमा ३, केराबारी, पथरीशनिश्चरे र सुन्दरहरैचामा २–२, रतुवामाई, उर्लाबारी, कटहरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा १८, इटहरीमा १७, भोक्राहानरसिंह, देवानगञ्ज र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता इलामको माईमा ८, इलाम नगरपालिका र रोङमा १–१, पाँचथरको फिदिम र मिक्लाजुङमा १–१, ते¥हथुमको लालिगुराँसमा २, ताप्लेजुङको पाथीभरा याङवरक, धनकुटा र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ४४१ पुगेको छ ।  प्रदेश १ मा आज ९२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८३, विराट मेडिकल कलेजबाट ५, मेची अस्पतालबाट ३ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ३७७ पुगेको छ ।

प्रदेश १ मा आज ८३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५५ महिला र १२४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९२ हजार २६१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes