पथरी शनिश्चरे नगरमा रहेका विद्यालयहरु आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय - Pahilo Online

पथरी शनिश्चरे नगरमा रहेका विद्यालयहरु आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय

writer

पथरी शनिश्चरे । कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सतर्कता अपनाउँदै मोरङको पथरी शनिश्चरे नगरका रहेका विद्यालयहरु आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय भएको छ । नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले आज पञ्चायत माविमा राखेको सामुदायिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समति अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरुको बैठकले सो निर्णय गरेको हो ।

बैठकले, विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ ले तोके बमोजिमको आलोपालो सिफ्ट लगायतका उपयुक्त ढाँचा अपनाई शिक्षण सिकाई सहजिकरण निर्देशिका २०७७ ले निर्धारण गरेका परिधिभित्र रही जनस्वास्थ्यका न्यूनतम मापदण्ड पुरा गर्ने÷गराउने गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । जसका लागि सम्बन्धित विद्यालयले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, सञ्चालक, व्यवस्थापक, बाल क्लब, समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थितीमा उपयुक्त विकल्प सहितको निर्णय गर्नु पर्ने उल्लेख गरिएको छ ।

उपयुक्त विकल्प सहितको कार्ययोजना सहित नगरको शिक्षा तथा खेलकुद शाखाबाट शैक्षणिक योजना कार्यान्वयनको अनुमति लिई विद्यालय सञ्चालन गराउने निर्णय भएको शिक्षा तथा खेलकुद शाखा प्रमुख उपसचिव शालिग्राम काफ्लेले जानकारी दिए । कार्यक्रममा नगर प्रमुख एवम् नगर शिक्षा समिति संयोजक दिलीपकुमार राईले विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ सहितको सहकार्यमा स्वास्थ्यका मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गर्नु पर्ने अवस्था रहेको बताए । अनिवार्य रुपमा मास्क लगाउने, ज्वरो नाप्ने थर्मल गन, हात धुने साबुन, सेनिटाइजरको व्यवस्थापन गरेर पठनपाठन गर्नुपर्ने अवस्था दर्शाए । साथै उनले नगरपालिकाले प्राप्त गरेका हालसम्मका प्रमुख उपलब्धीहरु जानकारी गराए ।

कोरोनाको त्रास भन्दा पनि त्यसको संक्रमणबाट जोगिन बढी स्वास्थ्य सतर्कता अपनाउने हिसावले विद्यार्थी र अभिभावकलाई पनि सचेत बनाएर तत्काललाई आलोपालो प्रणालीमा पठनपाठन अघि बढाउनु पर्ने वक्ताहरुले धारणा राखेका छन् ।

संविधानसभा सदस्य चण्डीप्रसाद राई, ४ नम्बर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, शिक्षा समितिका तर्फबाट टंक भण्डारी, विद्यालय व्यवस्थापन समितिका तर्फबाट आइतकुमारी तुम्वापोले आफ्नो धारणा राख्नु भयो । त्यसैगरी आफ्नो धारणा राख्नेमा, सामुदायिक विद्यालयका प्रधानाध्यापकका तर्फबाट पदम सापकोटा, शिक्षक अभिभावक संघका तर्फबाट सुरेन्द्र चापागाईं, प्याब्सनका तर्फबाट टीकाप्रसाद दंगाल र एन प्याब्सनका तर्फबाट थीरप्रसाद आचार्य सहित हुनुहुन्छ । पञ्चायत माविका प्रधानाध्यपक अर्जुनकुमार बुढाथोकीको अध्यक्षता र शिक्षा तथा खेलकुद शाखाका अधिकृत नविन खुलाल बुढाथोकीको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes