कानेपोखरीमा १५ शैयाको अस्पताल सिलान्यास - Pahilo Online

कानेपोखरीमा १५ शैयाको अस्पताल सिलान्यास

writer

कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ४ स्थित बयरबन स्वास्थ चौकीलाई स्तरोन्नति गर्दै सोहि स्थानमा १५ शैयाको अस्पताल बन्ने भएको छ। सो बन्न लागेको भवनको सिलान्यास हिजो(मंगलबार) एक औपचारिक कार्यक्रमका बीच पालिका अध्यक्ष ताराबहादुर काफ्लेलगायत अन्य जनप्रतिनिधिहरुले गरेका हुन्। नेपाल सरकारले हिजो देशैभर ३९६ वटा अस्पतालको एकैसाथ शिलान्यास गर्ने घोषणा गर्ने निर्णय गरेसँगै कानेपोखरी नं ४ मा पनि अस्पतालको शिलान्यास भएको हो ।

१८ करोड ६ लाख ८२ हजार रुपैयाँमा बन्न लागेको अस्पताल प्राथमीक स्वास्थ्य केन्द्रको रुपमा रहने छ भने यसको निर्माण समायवधी दुई बर्ष रहेको छ। ३६ मिटर चौडाइ र ६६ मिटर लम्बाईमा रहने अस्पताल संघीय सरकारको लागतमा बन्ने भएको हो। १५ शैयाको प्राथमिक अस्पतालबाट आधारभूत स्वास्थ्य सेवातर्फका सम्पुर्ण उपचारहरु सम्भव हुनेछन्। अस्पताल निर्माण हुदा चाहिने जग्गा भित्र पर्ने तीन वटा स्वास्थ्य चौकीका पुराना भवनहरु भत्काइने भएको छ।

सो सिलान्यास कार्यक्रमको अध्यक्षता वडा नम्बर ४ का अध्यक्ष धनबहादुर राईले गरेका थिए भने प्रमुख अतिथ्यता पालिका अध्यक्ष ताराबहादुर काफ्लेको रहेको थियो।नेकपा प्रदेश नम्बर १ कमिटी सदस्य इन्द्र सुब्बा, वडा नम्बर २, ५, ६, ७ का वडाअध्यक्षहरु क्रमश सुशील बुढाथोकी, चरण गुरुङ, खड्ग बस्नेत, मोहन अधिकारी, नेकपा कानेपोखरी पार्टी कमिटी अध्यक्ष भोला अधिकारी,सचिव मनोजकुमार राजवंशी, कानेपोखरी नेकपा पार्टी इन्चार्ज राजेन्द्र मण्डल, सह(इन्चार्ज अम्बिका अर्याल, समाजसेवीहरु विरबहादुर भट्टराई, राजकुमार राजवंशी, कृष्णकुमारी गुरुङलगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।

सिलान्यास समारोहमा बोल्ने वक्ताहरुले अस्पतालको निर्माण निश्चित समयवधीमा सकिएर जनताको सेवामा जुट्ने कुरामा सम्बन्धित निकायको तत्परता सधैव रहोस् भन्दै शुभकामना दिए। सो कार्यक्रममा बोल्दै पालिका अध्यक्ष ताराबहादुर काफ्लेले अस्पताल निर्माणपछि गाउँवासीले स्वास्थ्य सेवामा फाइदा लिन सक्ने बताउँदै गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा विशेष ध्यान पुर्याइरहेको जानकारी दिए साथै उनले अब चाडैं यस अस्पताललाई २५ शैयामा स्तरोन्नति गर्ने पनि जनाए।अब बिरामी हुँदा धाएर टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes