मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु - Pahilo Online

मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु

writer

मोरङ । मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । शनिवार राती सवा ९ बजे मोरङको सुन्दरहरैचा नगरपालिका ८ सलकपुरमा को २ त ३१९६ नम्बरको ट्याक्टरले को ३८ प १६६५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाईते भएका स्कुटर चालक सुन्दरहरैचा नगरपालिका ५ का ४२ बर्षीय मकेश्वर चौधरीको उपचारको क्रममा राती १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

यसैगरी सुन्दर हरैचा ७ बस्ने ४० बर्षीय बिजेस लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज(आइतबार) विहान ८ बजे सुन्दर हरैचा ८ सलकपुर स्थित राजमार्गमा प्रदेश नं. १–०१–००१ ख ३४१० नम्बरको बसले को २१ प ५९९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक बिजेस लिम्बु गम्भिर घाईते भएका थिए । घाईते लिम्बुको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने बस र चालक झापा कन्काई १ का २९ बर्षीय बाबुलाल उराव नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी मोरङकै उर्लावारी नगरपालिका ८ मा मे ४ प ९२८५ नम्बरको मोटरसाईकल शनिवार राती ८ बजे अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय ३० बर्षीय उपेन्द्र दनुवार र सोही मोटरसाईकल पछाडी सवार रहेका तेह्रथुम म्याङलुङ ९ का ४५ बर्षीय श्याम तामाङको अरनिको अस्पतालमा उपचार भईरहेकोमा उपचारको क्रममा श्याम तामाङको राती सवा ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

यस्तै झापाको अर्जुनधारा नगरपालिका ८ मा को १ क १५८७ नम्बरको जेसीबीले प्रदेश १–०१–०१२–प ७१५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसालक चालक अर्जुनधारा नगरपालिका ५ का ३२ बर्षीय दिपक कुमार बुढाथोकीको उपचारको क्रममा राती साँढे ७ बजे बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes