गाई मारेको अभियोगमा एक युवा प्रहरीको नियन्त्रणमा - Pahilo Online

गाई मारेको अभियोगमा एक युवा प्रहरीको नियन्त्रणमा

writer

धरान । मोरङ सुनवर्षी नगरपालिका–२ सुगाटोलबाट गाई मारेको अभियोगमा एक युवालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । घरायसी विवादको क्रममा रिसको आवेगमा दाजुले पालन गर्दै आएको गाईमाथि भाइले हथौडा प्रहार गरी मारेका थिए । जुम्ल्याहा दाजुभाइमध्येका ३० वर्षीय दाजु भूपेन्द्र राईले ३० वर्षीय भाइ गजेन्द्र राईको गाई मारेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुई दाजुभाइबीच घरायसी विवादको क्रममा आक्रोसित भूपेन्द्रले हथौडा प्रहार गरेर १८ महिनाको गाई मारेका थिए ।

गाई मारेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले भूपेन्द्रलाई हथौडासहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes