प्रदेश १ मा शनिबार १८० संक्रमित थपिए, ८४ डिस्चार्ज - Pahilo Online

प्रदेश १ मा शनिबार १८० संक्रमित थपिए, ८४ डिस्चार्ज

writer

मोरङ । प्रदेश १ मा आज(शनिबार) १८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरंगमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २–२, भोक्राहानरसिंहमा १, झापाको दमकमा २२, विर्तामोडमा ७, भद्रपुरमा ५, अर्जुनधारामा ४, मेचीनगरमा ३, कनकाईमा २, शिवसताक्षी, बा¥हदशी, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १, मोरंगको विराटनगरमा १६, कटहरी र सुन्दरहरैचामा ४–४, बेलबारीमा ३, कानेपोखरी, पथरीशनिश्चरे र सुनबर्षीमा २–२, केराबारी, रंगेली र ग्रामथानमा १–१ जनामा संक्रमण देखिएको छ ।

उता इलामको सुर्योदयमा १४, इलाम नगरपालिका, देउमाई र चुलाचुलीमा १–१, पाँचथरको फिदिममा ४, मिक्लाजुङ र स्थानीय तह नखुलेको १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, उदयपुरको त्रियुगा र वेलकामा १–१, ताप्लेजुङको फुङलिङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जनाको रिपोर्ट पोजेटिभ आएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ८५९ पुगेको छ ।

प्रदेश १ मा आज ८४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेसवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ ह्जार ७६२ पुगेको छ । प्रदेश १ मा आज ७७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६८ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ८९ हजार ५०२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes