मोरङ । मोरङको रंगेली नगरपालिकामा स्थानियले नियन्त्रणमा लिएको जंगली हरिणलाई प्रहरीले वन कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कायार्लय, मोरङका अनुसार रंगेली नगरपालिका वडा नम्वर ३ दौलतपुरममा शिव कुमार मण्डलको पोखरी छेउमा आएको भाले हरिण स्थानियवासीले आज बिहान नियन्त्रणमा लिएका थिए ।
स्थानियले हरिण नियन्त्रणमा लिएको भन्ने सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट त्यहाँ पुगेको प्रहरी टोलीले उक्त हरिणलाई आमतोला स्थित सब डिभिजन वन कार्यालयमा बुझाएको उक्त कार्यालयले जनाएको छ ।