सामाजिक सञ्जालमा भाइरल बिरामी वृद्धमाथि नगरको हेरचाह - Pahilo Online

सामाजिक सञ्जालमा भाइरल बिरामी वृद्धमाथि नगरको हेरचाह

writer

भोजपुर । केही दिनयता सामाजिक सञ्जालमा भाइरल भएको फोटो रामबहादुर राईको हो । परालको ओछ्यानमा स्लाइन पानी दिइरहेको ७७ वर्षीय रामबहादुर राई भोजपुर षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी हुन्। खार्तम्छा निवासी ७७ वर्षीय राई दशैं अगाडिदेखि बिरामी भएका हुन्। उनलाई उपचारका लागि ओछ्याउने एउटा तन्ना पनि छैन। मंसिरको जाडोमा उनी सुत्ने ठाँउमा पराल बाहेक एकटा तन्नासमेत थिएन।

उनी सामान्य खालको खास्टोको भरमा रात कटाउन बाध्य थिए। उनको उपचार तन्ना बेगरनै परालमा राखेर स्लाइन पानी दिएको थियो। उनको श्रीमतीको मृत्यु केही वर्ष पहिले भइसकेको छ। अहिले उनको एक मात्र छोरा छन्। तर, उनी पनि सुस्त मनस्थिति अवस्थाका छन्। ७७ वर्षीय राई बस्ने सामान्य कटेरो मात्रै छ।

नगरले निःशुल्क उपचार र घर बनाइदिने
सामाजिक सञ्जालमा ७७ वर्षीय वृद्धको परालमा राखेर स्लाइन पानी दिइरहेको फोटो देखेपछि उनको अवस्था बुझ्न षडानन्द नगरपालिकाका मेयर वीरबल राई र मेरिना राई बुधबार खार्तम्छा पुगेका छन्। सामाजिक सञ्जालमा परालमा राखेर स्लाइन पानी दिइरहेको बनावटी नभइ वास्तविक फोटो रहेको थियो ।

वृद्धको स्वास्थ्य अवस्था बारे जानकारी लिन बुधबार साझ खार्तम्छाको चिचिला पुगेको उपमेयर मेरिका राईले जानकारी दिइन्। जाडो मौसममा वृद्ध, त्यसमा पनि विरामी भएको अवस्थामा परालमा सुतेको देखे मेयर,स्वास्थ्यकर्मीको टोली खार्तम्छा पुगेको उपमेयर राईले बताइन्। हामी त्यस्तो अवस्था देखेपछि खाद्यान्य, लत्ताकपडासहित पुगेका हौं’, उनले भनिन्।

उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उपमयेर राईको भनाइ छ। उनलाई स्थानीय र नगर वडाका जनप्रतिनिधिले सरसफाई गरेर राखिएको छ। वृद्ध राईलाई खार्तम्छा स्वास्थ्य चौकीको निगरानीमा छिमेकी कटेरोमा सारेर उपचार उपचार भइरहेको उपमेयर राईले बताइन्। ’उनलाई नगरले चाडै निःशुल्क घरको पनि व्यवस्था गरिदिनेछौं’, उपमेयर राईले भनिन्, ’नयाँ घरमा राख्न खार्तम्छाकै स्थानियलाई घर बनाउने जिम्मा दिएका छौं।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes