पथरी शनिश्चरे नगरपालिकामा विभिन्न महत्वपूर्ण विषयमा निर्णय - Pahilo Online

पथरी शनिश्चरे नगरपालिकामा विभिन्न महत्वपूर्ण विषयमा निर्णय

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको बुधबारको कार्यपालिका बैठकले विभिन्न विषयमा निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले यही मंसिर १५ गते नगर अस्पतालका लागि निर्माण हुने भवनको शिलान्यास गर्ने र अस्पतालका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

यसैगरी बैठकले, रेलमार्गमा पर्ने जग्गाको अधिकतम मुआब्जा दिलाउन पहल गर्ने, शैक्षिक संस्था सञ्चालनका लागि शिक्षा शाखामार्फत सम्वन्धित विद्यालयहरुसँग छलफल गर्ने र भूमि आयोगले नगरपालिकामा काम थाल्ने सम्वन्धमा नगरले आवश्यक व्यवस्थापनको तयारी गर्ने समेत निर्णय गरेको छ ।

हुलाकी सडक कार्यालय अन्तर्गत मनमोहन गान्धी मार्गको सडक विस्तार र निर्माण सम्वन्धमा विवाद उन्पन्न भएकाले सम्वन्धित पक्षसँग छलफल गर्ने तथा नगरपालिका मातहत पेट्रोल पम्प निर्माणका लागि जग्गा व्यवस्थापनको पहल गर्ने पनि निर्णय गरिएको छ । बाँकी रहेका विषयमा पुनः आज कार्यपालिका बैठक बस्ने भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes