कात्तिक महिनामा २ हजार पर्यटक नेपाल भित्रिए - Pahilo Online

कात्तिक महिनामा २ हजार पर्यटक नेपाल भित्रिए

writer

मोरङ । कोरोनाका कारण थलिएको पर्ययटन व्यवसाय विस्तारै फर्कने आशा देखिएको छ । आन्तरीक पर्यटनलाई जोड दिएको सरकारले अब वाह्य पर्यटकको लागि पनि ध्यान दिन जरुरी छ । गएको कात्तिक महिनामा २ हजार जना पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार कात्तिक महिनामा २ हजार ९ जना पर्यटक नेपाल आएका हुन् । यसमध्ये १३ सय ७० जना पुरुष र ६ सय ३९ जना महिला पर्यटक रहेका छन् ।

सबैभन्दा धेरै अमेरिकाबाट ४ सय ५५ जना र बेलायतबाट ३ सय २६ जना पर्यटक नेपाल आएका छन् । यस्तै चीनबाट १ सय ६१ जना, भारतबाट १ सय २५ जना र रुसबाट ८१ जना पर्यटक नेपाल भित्रिएका छन् ।

सरकारले हवाइ यातायातको माध्यमबाट नेपाल भित्रने सबै विदेशीलाई पर्यटकको दर्जामा राख्दै आएको छ । कोरोना भाइरसको महामारीका कारण सरकारले गएको चैतदेखि साउन ६ गतेसम्म लगाएको लकडाउन र सीमा नाका बन्दका कारण नेपाल घुम्ने पर्यटक आउन पाएका थिएनन् । पछिल्लो समय सरकारले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै पदयात्रा र पर्वतारोहणको लागि पर्यटक आवागमन खुला गरेपछि घुम्नकै लागि आउने विदेशी बढेका विभागले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes