ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट - Pahilo Online

ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट

writer

उदयपुर । उदयपुरको जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ। शनिबार राति १ बजे अज्ञात समुहले गाउँपालिकाको नागरिक सहायता कक्षमा बम विस्फोट गराएको हो । अर्को बम कार्यालयको गेट अगाडी भेटिएको थियो ।

विस्फोट भएको बमले गाउँपालिका कार्यालयमा ठुलो क्षति भएको पालिका अध्यक्ष उद्धव सिंह थापाले जानकारी दिए। बम विस्फोटले ती कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको थापाले बताए।

यस्तै गाउँपालिकाको गेटमा एउटा बम विस्फोट हुन बाँकी रहेकोले डिस्पोजल गर्न १८ नं. बाहिनी अड्डा भुल्केलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जनाकारी दिए। बम विस्फोटको कसैले जिम्मा नलिएकोले र घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes