२२ अर्ब रुपैयाँ लगानीमा तमोर–मेवा जलविद्युत् आयोजना बनाइने - Pahilo Online

२२ अर्ब रुपैयाँ लगानीमा तमोर–मेवा जलविद्युत् आयोजना बनाइने

writer

ताप्लेजुङ । ताप्लेजुङमा तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ। यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीलाई स्वीकृति समेत दिएको छ।

२२ अर्ब रुपैयाँ लगानीमा १२८ मेगावाट क्षमता रहने आयोजनामा मेवा खोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइनेछ । सो आयोजनाको काम वि.सं. २०७८ असोज महिनादेखि थालिने आयोजनाका प्रबन्धक भानेन्द्रकुमार लिम्बुले जानकारी दिए। काम शुरू भएको पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए।

स्वीकृति पाएसँगै अबको ध्यान निर्माणतर्फ केन्द्रीत हुने र स्थानीय लगानीकर्तासँग सहकार्य गरेर विद्युत् उत्पादन गर्ने उनले जानकारी दिए। आयोजनामा जलप्रवाह गर्न ९ किलोमिटर लामो सुरुङ नहर पनि खनिनेछ।

फुङलिङ नगरपालिका वडा नं १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नं १, २ र ३, मेरिङ्देन वडा नं ३ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ५ आयोजना प्रभावित हुने क्षेत्रमा पर्छन्। स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाइ तथा वातावरणीय प्रभाव मूल्याङ्कनलगायत सबै कार्य सम्पन्न गरिसकेको जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes