मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु - Pahilo Online

मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु

writer

झापा । झापाको बिर्तामोड ६ गिरी मन्दिर स्थित पुर्ब पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बुद्धशान्तीका २४ बर्षीय कुशल लिम्बु र सोही स्थानका ११ बर्षीय दिप्सन कडेल रहेका छन । आज विहान साढे ११ बजे मे २ प ४८४७ नम्बरको मोटरसाईकल र अर्को ONE TEST मोटरसाईकल एक आपसमा ठक्कर खाई अनियन्त्रित हुँदा दुबै मोटरसाईकललाई ना ६ ख ३३५० नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट दुर्घटनामा परेको मे २ प ४८४७ नम्बरको मोटरसाईकल चालक कुशल लिम्बु र पछाडी सवार दिप्सन कडेलको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसै गरी ONE TEST मोटरसाईकलका चालक गगन तामाङ र पछाडी सवार रहेकी साबित्रा कडेल घाईते भएकोमा उनिहरुको BNCअस्पताल बिर्तामोडमा उपचार भईरहेको साथै ठक्कर दिने ट्रक र चालक राजु श्रेष्ठ इलाका प्रहरी कार्यालय अनारमनिको नियन्त्रणमा रहेका उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes