इटहरी आइसोलेसनमा सामुहिक भाईटीका - Pahilo Online

इटहरी आइसोलेसनमा सामुहिक भाईटीका

writer

इटहरी उपमहानगरद्वारा संचालित इटहरी आइसोलेसनमा सामुहिक भाईटीका लगाइएको छ । आइसोलेसनमा रहेका ६ जना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको सक्रियतामा त्यँहि रहनुभएकी एकजना संक्रमित महिलाले टीका लगाइदिए । ११ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीहरुलाई उपप्रमुख लक्ष्मी गौतमले टीका लगाइदिइन् । टीका, माला, सेलरोटी, फलफूल लगायतका खानेकुरा लिएर उपप्रमुख गौतम आइसोलेसन पुगेकी थिइन्। संक्रमितहरुले बर्षदिनको चाडवाडमा आइसोलेसनमा रहदाँ पनि टीका लगाउने अवसरका लागि धन्यवाद ज्ञापन गरेका छन ।

स्वास्थ्यकर्मी शिव कुमार मण्डलले भने “उपमेयर गौतमलाई म्याम भन्ने गरेको थिए टीका लगाएर अव उहाँले भाई वनाउनुभयो, अव म दिदी भन्छु” यस्तो अवस्थामा पनि टीका लगाइदिनुभएकोमा उनलाई हार्दिक धन्यवाद दिएको उनले वताए । चाडवाडमा समेत सेवामै खटेका सुरक्षाकर्मीहरुलाई टीका लगाइदिदा उनीहरुले आँखाभरि आँशु पारेर हर्ष ब्यक्त गरेको उपमेयर गौतमले वताए । बर्षदिनको चाडवाडका वेला संक्रमितभएर घर परिवार भन्दा टाढा वस्नुपर्दा र उहाँहरुको स्वास्थ्य र सुरक्षाका लागि चाडपर्व पनि नभनि खटने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई चाडवाडको अनुभूति दिलाउन टीका लगाएको उपमेयर गौतमले वताइन् । दशैका वेला पनि इटहरी आइसोलेसनमा सामुहिक टिका लगाइएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes