मैनवत्तीबाट सल्कीएर आगलागी हुँदा झपामा जलेर बालिकाको मृत्यु - Pahilo Online

मैनवत्तीबाट सल्कीएर आगलागी हुँदा झपामा जलेर बालिकाको मृत्यु

writer

झापा । झापाको कमल गाउँपालिका २ नम्बर वडामा रहेको ध्रुव परियारको घरमा आगलागी हुँदा उनकी ७ वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राति ९ बजेतिर मैनवत्तीबाट सल्कीएको आगो दन्केपछि घर भित्र रहेकी छोरी रेजुका बाहिर निकाल्न नसकिएकोले घटनास्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यलयका अनुसार बुवाआमा भने घर बाहिर रहेका थिए । आगो निभाउने क्रममा ग्यास पड्किदा स्थानीयबासी २२ वर्षिय राम टुडु घाइते प्रहरीले जनाएको छ ।

स्थानीय तथा दमकलको सहयोगमा आगो नियन्त्रण लिइएको भएपनि आगलागीबाट इँटाको गारो तथा टीनको छानो भएको घर पूर्णरुपमा जलेर नष्ट हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताएका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes