सुन्तोली च्यालेन्ज कपको उपाधि डि.वाइ.पी झापा लाई - Pahilo Online

सुन्तोली च्यालेन्ज कपको उपाधि डि.वाइ.पी झापा लाई

writer

कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ सुन्तोली टोलस्थित सुन्तोली युवा क्लबले शुभदिपावली र छठपर्वको अवसरमा आयोजना गरेको सुन्तोली च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि डि.वाइ.पी फुटबल क्लव शिवसतासी झापाले जितेको छ ।

आइतबार भएको फाइनलमा भाउन्ने फुटबल क्लव मोरङलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि कब्जा गरेका हो । खेलको निर्धारित समयमा १–१ गोलको बराबरीमा रोकिएपछि ट्राइब्रेकरबाट खेलको निर्णय लिइएको थियो । खेलको दोस्रो हाफमा डि.वाइ.पी का लागि सुमनले गोल गरेका थिए त्यसैगरी भाउन्नेका लागि अरुण लिम्बुले गोल गरेका थिए ।

उपाधि संगै डि.वाइ.पीले नगद रु.२१,००० सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेको थियो। त्यसैगरी उपविजेता भाउन्नेले नगद रु.११,००० सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेका थिए । प्रतियोगिता भरको बेष्ट प्लेयर भाउन्नेका अरुण लिम्बु, हाइ स्कोरर डि.वाइ.पि का मनिष र बेष्ट गोलकिपर डि.वाइ.पिका सन्दिप घोषित भएका थिए। फाइनल खेलको पहिलो गोलकर्ता डि.वाइ.पि का सुमनलाई युवा व्यवसायी सन्ताष फुयलले नगद रु.१००० प्रदान गरेका थिए ।

औपचारीक कार्यक्रमको अध्यक्षता आयोजकका क्लवका अध्यक्ष रोशन राईले गरेका थिए भने प्रमुख अतिथि वडा नं ६ का अध्यक्ष खड्क बस्नेत, बिशिष्ट अतिथि नेकपा प्रदेश कमिटी सदस्य इन्द्र सुब्बा लगायत डिल्ली प्रकाश राई, नवीन राई, अम्बिका अर्यालको बिशेष उपस्थिति रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes