झापामा १ महिना अवधिमा १२ लाख मूल्य बराबरको पटका बरामद - Pahilo Online

झापामा १ महिना अवधिमा १२ लाख मूल्य बराबरको पटका बरामद

writer

झापा । एक महिनाको अवधिमा झापाका सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १२ लाख रुपैया मूल्य बराबरको बारुदजन्य पटका बरामद गरेको छ । बरामद गरिएको विभिन्न प्रकारको पटकालाई शुक्रबार पत्रकार सम्मेलन गरेर कार्यालय परिसरभित्रै खाल्डो खनेर नष्ट गरेको हो । तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राएको पटकाहरू सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको गणपति रमेश कुमार पाण्डेले बताए ।

प्रहरीले सीमा नाकाबाट भित्रिँदै गरेको अवस्थामा सो मूल्य बराबरको पटका बरामद गरेको उनले जनाए । जगमग, खुर्सानी, झिरझिरे, अनार लगायत नाम गरेका पटकाहरू भद्रपुर, काँकडभिट्टा, गौरीगञ्ज, झापा गाउँपालिका लगायतको क्षेत्रबाट बरामद गरेको एसपी पाण्डेको भनाइ छ । पटका नेपाल भित्राए बापत कारोबारी र तस्करलाई सय प्रतिशत सम्म नाफा हुने भएकोले अन्य धन्दा छाडेर प्रतिबन्धित पटाका भित्राउने गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes