मोरङ, पाँचथर । दिवावलीमा दियो तथा मैनबत्ती वाली लार्पवाही पुर्वक छोड्दाँ मोरङको ४ स्थानमा आगलागी भई अन्दाजी ६९ लाख बराबरको क्षती भएको मोरङ प्रहरीले जनाएको छ । गयराती विराटनगरको एक फेन्सी पसलमा आगलागी हुँदा ६० लाख बराबरको क्षती भएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महानगरपालिका वडा नम्बर १० को ट्राफिक चोक नजिकै रहेका विजय साहको घरमा बस्न दिनेश अग्रवालको फेन्सी पसलमा आगलागी भएको हो ।
आगलागीका कारण सटर भित्र रहेको फेन्सी कपडा,फर्निचरको सामान पूर्ण रुपमा नष्ट भएको छ । त्यस्तै, बिराटनगर महानगरपालिका ९ बसपार्क नजिक अभय अर्यालको बारीमा बास र टिनको छानो भएको सिरक डसना बनाउने घरमा आगलागी हुँदा अन्दाजी ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आज बिहान ४ बजे बेलबारी नगरपालिका वडा लम्बर ३ मा राधा मल्लिकको कोठामा दिपावलीमा बालेको दियोबाट कोठामा आगलागी भइ कोठा भित्र रहेको फर्निचर, टिभी, फ्रिज लगायतका सामाग्री आगलागी हुदा १ लाख बराबरको क्षती भएको छ । त्यस्तै, बिराटनगरक ४ मा रहेको कमला कोईरालाको बास र टिनको छानो भएको बाख्राको खोरमा आगलागी हुँदा खोर जली पूर्ण क्षती भएपनि मानविय तथा चौपायको क्षती नभएको प्रहरीले जनाएको छ ।
त्यसैगरी पाँचथरमा रमाइलोका लागि पड्काएको पटाकाबाट सल्केको आगोले पाँचथरको हिलिहाङ गाँउ पालिका वडा नम्वर ३ पञ्चमीमा एउटा घर जलेर नष्ट भएको छ । हिलिहाङ गाँउ पालिका ३ तुम्बुङ निवासी सर्ण योङहाङको घर शनिवार साँझ जलेर नष्ट भएको हो ।
लक्ष्मीपुजा गर्नु अगाडी पड्काइएको पटाकाले योङहाङको तीनतले घर र घर भित्र रहेका सबै सामग्री जलेर नष्ट भएको पीडितका छिमेकी केसर माङयुङले जनाएका छन । स्यथानीयले आगलागी शुरु हुनु पुर्ब पटाका पड्किएको आवाज आएको जनाए । यद्दपी हिलिहाङ ३ का वडाध्यक्ष मदन गौतमले पटाका पड्काँउदा नभएर मदिरा बनाउने क्रममा आगो सल्केको बताए । आगलागीका कारण ५ लाख ८७ हजार रुपैया क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख दानवहादुर थापाले जानकारी दिए ।