मोरङ । प्रदेश १ मा आज(आइतबार) १५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ । प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, सुनसरीमा २४, ताप्लेजुङमा ७, ते¥हथुम र धनकुटामा ६–६, झापामा ५, इलाममा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा १८, सुन्दरहरैचा, रंगेली र बुढीगंगामा २–२, उर्लाबारी, सुनबर्षी र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा १०, इटहरीमा ६, इनरुवा र हरिनगरमा २–२, बराहक्षेत्र, बर्जु, देवानगञ्ज र दुहवीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४२६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको हो । हालसम्म १ लाख ७८ हजार ५०५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।