टेम्पो दुर्घटना हुँदा २ जना घाईते - Pahilo Online

टेम्पो दुर्घटना हुँदा २ जना घाईते

writer

भोजपुर । भोजपुर नगरपालिका ९ भोटे पसलमा टेम्पो दुर्घटना हुँदा २ जना घाईते भएका छन् । जिल्लाको पौवादुम्मा गाउपालिका १ श्यामशिला बाट हटिया आउदै गरेको को २ ह २०७५ नम्बरको टेम्पो शनिवार बिहान दुर्घटना हुदा २ जना घाईते भएको हुन ।

अटो टेम्पोले पैदल यात्रीलाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा भोजपुर नगरपालिका ५ बोखिमकी २१ बर्षिय पैदल यात्री मनिषा श्रेष्ठ र भोजपुर नगरपालिका ११ आम्तेकका ३६ बर्षिय टेम्पो चालक राम बहादुर बुढाथोकी घाईते भएका छन । घाईते मध्य आखा र टाउकोमा गहिरो चोट लागेका श्रेष्ठको अवस्था गम्भीर रहेको छ ।

चालक बुढाथोकीको भने हात भाचिएको ट्राफिक प्रहरी जवान बिक्रम राईले बताए । घाईते दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टर बाट काठमांडौ लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes