दमक अस्पतालको औषधि भण्डारण कोठामा आगलागी हुदाँ एक करोड बराबरको क्षति - Pahilo Online

दमक अस्पतालको औषधि भण्डारण कोठामा आगलागी हुदाँ एक करोड बराबरको क्षति

writer

झापा । दमकस्थित दकम अस्पतालको औषधि भण्डारण कोठामा शनिबार आगलागी भएको छ । आगलागीबाट करिब एक करोड बराबरको औषधिलगायतका सामग्री जलेर नष्ट भएको अनुमान गरिएको छ । विद्युत् सर्ट भई आगलागी भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनका अनुसार करिब १ करोड बराबरको औषधिलगायतका सामग्री जलेर नष्ट भएको छ ।

आगलागी भएको थाहा पाउनेबित्तिकै दमक नगरपालिकाका दुई वटा दमकलको सहयोगमा आधा घण्टाभित्र आगो नियन्त्रणमा लिएकाले थप क्षति नभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । स्टोरको एसीबाट आगलागी सुरु भएको कर्मचारीले जनाएका छन् । आगलागीबाट औषधि, कपडा र अस्पतालका अन्य उपकरणहरू जलेर नष्ट भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes