वाह्य पर्यटनको सम्भावना नभएकोले आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न जरुरीः मन्त्री भट्टराई - Pahilo Online

वाह्य पर्यटनको सम्भावना नभएकोले आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न जरुरीः मन्त्री भट्टराई

पर्यटन क्षेत्रमा १ खर्ब घाटा

writer

भद्रपुर । कोरोना महामारीको बन्दाबन्दीले नेपालले पर्यटन क्षेत्रमा १ खर्ब घाटा बेहोरेको संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले बताएका छन् । गएको चैत्रमहिनाबाट नेपालमा बन्दाबन्दी भईसकेपछि मासिक करिब १० अर्बजति पर्यटन क्षेत्रमा घाटा भएको तथ्याङ रहेको उनले जनाए । हालसम्म एक खर्ब रकम पर्यटन क्षेत्रमा नोक्सान भईसकेको उनको भनाई छ । शुक्रबार बिहान चन्द्रगढी विमानस्थलमा मन्त्री भट्टराईले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् ।

कोरोना भाईरस बढीरहेको अवस्था भएपनि सुरक्षा मापदण्ड अपनाएर असोज महिनायताबाट आन्तरिक हवाई यातायात सञ्चालनमा ल्याएको जनाए । यही अवस्थामा वाह्य पर्यटनको सम्भावना नभएकोले आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न जरुरी रहेको धारणा राखेका थिए ।अन्तराष्ट्रिय उडान सुचारु भएपनि विश्वभर हाल ४६ प्रतिशत उडान रहेको उनले जनाए । विगतमा आउने र जाने एकसय १० देखि २० सम्म थिए भने त्यो सङ्ख्या अहिले ३२ रहेको उनले बताए । यो क्रम विस्तारै बढदै जाने उनको भनाई थियो ।

कोरोना भाईरस बढीरहेपनि जनजीवनलाई सामान्यकरण गर्दै जानु पर्ने आवश्यक्ता रहेको उनको भनाई छ । पर्यटन क्षेत्रलाई माथि उठाउन हिमाल आरोहण, पद यात्रा होटल खोलिसकिएको उनले बताए ।कर्मचारी श्रमीकहरुलाई टिकाउनका लागि ५० अर्बको पुर्नर उत्थान कोष सरकारले खडा गरेको उनले सुनाए । व्यवसायीले व्यवसाय सुचारु गर्नका निम्त ५ प्रतिशत ब्याज दरमा रकम लिन सक्ने कार्यविधि मन्त्री परिषदबाट जारी हुने तयारीमा रहेको उनको भनाई छ ।

कार्यविधि पारित भईसकेपछि रकम उपयोग गर्न सकिने उनले बताए । विदेशी नागरिकलाई पर्यटन भिषा खुला गरिने सोच बनाएकोले पुरानै लयमा फर्किन समय लागेपनि विस्तारै पर्यटन क्षेत्रले गति लिने उनको धारणा थियो ।यता चन्द्रगढी विमानस्थलको विषयमा स्थानीय, सरोकारबाला, जनप्रतिनिधि राखेर गत वर्ष मास्टर प्लान प्रस्तुत भईसकेको उनको भनाई छ । केही सुझावहरु आएकोले अब टुङ्गोमा पुर्याउने र विस्तार गर्ने नीति रहेको उनले जनाए ।

विमानस्थलमाबाट बाहिरीएका मन्त्री भट्टराई नेपालको होचो भू–भाग झापाको कचनकवल र ऐतिहासिक धार्मिक पर्यटन स्थल किचकबधको स्थलगत भ्रमण गरी शुक्रबार काठमाडौ फर्किएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes